Loading...

आज देखि दुर्घटना गराउने चालकलाई ट्राफिक शिक्षा दिइने

काठमाडौं, मंसिर २।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना गराउने चालकलाई आज देखि ट्राफिक शिक्षा दिने भएको छ ।

एकपल्ट दुर्घटनामा परेको व्यक्ति ट्राफिक शिक्षाको अभावमा अर्को पटक पनि दुर्घटनामा पर्ने सम्भावना बढेको भन्दै ट्राफिक प्रहरीले आज देखि ट्राफिक कक्षा सुरु गरेको हो ।
दुर्घटना नदोहोरियोस भनेर ट्राफिक कक्षा सञ्चालन गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो ।

यस्तै दुर्घटना हुन नदिन अन्य सामान्य गल्ती गर्दा पनि कारवाही गर्ने तर दुर्घटना नै गरेका व्यक्तिलाई केही कारवाही नहुने भएपछि दुर्घटना बढेको भन्दै कक्षा सञ्चालन गर्नुपरेको उहाँको भनाई थियो । यसले दुर्घटना कम गर्न मद्दत गर्ने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...