Loading...

दलीय सहमतिमै संविधान संशोधन गर्ने तीन दलको सहमती

मंसीर २, काठमाडौं ।
प्रमुख तीन दलले दलीय सहमतीकै आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको प्रमूख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी गरेको हो ।
बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान सम्पन्न बैठकमा संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बूंदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...