Loading...

सप्तरी र रौतहटमा सवारी दुर्घटना , २ को मृत्यु

काठमान्डौ, मंसिर २ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खोजपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ अमरदह–९ का २८ वर्षीय तिलचन गनगाईं रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ६ च. २०४६ नंको पिकप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६२ ६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गनगाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका भ्यान चालक काठमाडौं बल्खु का ४५ वषीय इन्द्रबहादुर कट्वाललाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

उता रौतहटको धनसार जंगलमा भारतीय नम्बरको बोलेरो जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट बिजयपुर लक्ष्मीनिया–२ का ३२ वर्षिया श्रवण यादव रहेका छन् । काम विशेषले घरमा आएका बारामा कार्यरत प्रहरी यादव घरबाट ड्युटीमा फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी यादव लाई ठक्कर दिने बा ७१ प ८७ ८५ नम्बरको बी आर ०१ जी टी ७६८३ नम्बरको भारतीय जीपका चालकलाई पक्रेको चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक डिएसपी यादव ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...