Loading...

खण्डेश्वरीलाई गाउँपालिका बनाउन माग गर्दै दार्चुलाबासी काठमान्डौमा

काठमाडौं, मंसिर २।

दार्चुलाको घुसा खण्डेश्वरी गाविसलाई छुट्टै गाउँपालिका बनाउनका लागि स्थानीय तह पुनर्संरचना आयोगको ध्यानाकर्षण गराउन स्थानीय अगुवाहरु काठमाडौंमा आएका छन् ।

दुर्गम घुसा खण्डेश्वरी गाविसलाई अरु गाविसमा मिसाएमा सेवा सुविधा पाउन असुविधा हुने भएकाले छुट्टै गाउँपालिका बनाउनुपर्नेस्थानीय अगुवाको माग छ ।

यसअघि उनीहरुले पुनर्संरचना आयोग तथा विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना समेत दिएका थिए ।

स्थानीय स्तरमा मागको सुनुवाई नभएकाले स्थानीय निकाय पुनर्संरचना आयोगलाई नै दबाब दिन आफूहरु काठमाडौं आएको उनीहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...