Loading...

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

काठमाण्डौ ,२ मंसिर ।
संविधान संशोधन तथा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ ।
बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मधेसी मोर्चाको माग संबोधनका लागि गर्ने भनिएको संविधान संशोधनको विषयमा छलफल भइरहको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली मात्र सहभागि हुनुहुन्छ ।

मधेसी मोर्चाले आफूहरुको माग संबोधनका लागि सरकारलाई १५ दिनको अल्टीमेटम दिए पछि दवावमा पर्नु भएको प्रधानमन्त्री पुष्षकमल दाहालले संविधान संशोधनमा सहमति जुटाउनका लागि आजको प्रमुख तिन दलको बैठक बोलाउनु भएको हो ।

यस अघि छुट्टा छुट्टै रुपमा भएको दलीय छलफलमा भएको प्रगतिलाई समेत आधार बनाएर शीर्ष तीन नेताले आज को बैठकबाट ठोस निर्णय दिने अपेक्षा गरिएको छ । संविधान संशोधनबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रमुख तीन दलले यस अघि नै शीर्ष तीन नेतालाई दिसकेको थियो ।

साथै आजको बैठकमा कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनमा सहमति जनाउन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरिने बताइएको छ । संविधान संशोधनका लागि कारण र औचित्य पुष्टि हुने पर्ने अडानमा रहेको एमालेले वर्तमान अवस्थामा संविधान संशोधन गर्न नसकिने बताउदै आएको छ।

यस्तै मोर्चाले हिजै कांग्रेस सभापति देउवालाई भेटेर संविधान संशोधनमा अग्रसर भएर भूमिका खेल्न आग्रह गरेका छन् । मोर्चाले प्रमुख बनाएको प्रदेश हेरफेरको विषयमा अधिकतम लचक भएर सहमतिको प्रयास गरिने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...