Loading...

तेह्रथुमका पत्रकार प्रकाशलाई समाजसेवी देब बास्कोटाद्धारा ३० हजार नगद सहित सम्मान

तेह्रथुम ३० कार्तिक  । तेह्रथुम जिल्लामा रहेर पत्रकारीतामा कृयासिल पत्रकार प्रकाश पाक्साँवालाई युबा समाजसेबी देब बास्कोटाले सम्मान गर्नु भएको छ ।

जिल्ला सदरमुकाम म्याङलुङमा आज एक कार्यक्रमका बिच पत्रकार पाक्साँवालाई बास्कोटाद्धारा नगद ३० हजार सहित कदर पत्रको साथमा दोसल्ला ओडाएर प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने पुर्ब संसद तेजमान तुम्बाहाम्फे र पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धब तिम्सीनाले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो ।

बिगत ८ बर्षदेखी निरन्तर रुपमा जिल्ला सदरमुकाम बाहिर रहेर पनि पत्रकारीता मार्फत समाजसेवामा कृयासिल रहँदै आएका पाक्साँवालाई तेह्रथुमका ओयाक्जुङ ५ मा जन्म भई हाल ईजराईलमा कार्यरत युबा समाजसेबी बास्कोटाले पत्रकारीतामा थप हौसला  मिलोस भन्ने उदेश्यका साथ सम्मान गर्नु भएको बताउनु भएको छ ।

प्रबासमा रहेर पनि समाजसेबामा कृयासिल रुपमा रहेका बास्कोटाले आर्थीक अभाबका कारण उपचारमा समस्या भएकाहरुलाई सहयोग गर्नुको साथै खेलकुद बिकासका लागी बर्षर्नी सहयोग गर्दै आउनु भएको पछिल्लो समयमा दुर्ब मृगौला फृल भएकी तेह्रथुम फाक्चामारा ४ की खिनामाया कुरुम्भङको उपचारका लागी महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । सम्मानीत पत्रकार पाक्साँवाले सम्मान भए सँगै थप जिम्मेवारी थपीएको र समाजको लागी निरन्तर कलम चलाई रहने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...