Loading...

राष्ट्रिय फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत ( फोटो र भिडियो )

सिर्जना तिम्सिना

मंसीर १ काठमाण्डौं । मलेशियामा सम्पन्न एएफसी सोलीडारीटी कपको उपाधी जितेर आएको नेपाली राष्ट्रिय फुटवल टोलीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज राति भव्य स्वागत गएिको छ ।
खेलकुद मन्त्री दलजीत श्रीपाईली एन्फा अधिकारीहरु, राखेपका पदाधीकारी एवं खेल फुटवल प्रेमीको ठूलो समुह बिमास्थलमा झण्डा बोकेर साझ ८ बजेदेखि नै खेलाडीहरुको प्रतिक्षामा नारा लगाउदै बसिरहेका थिए ।
राति पौने १० बजे आगमन कक्षबाट निस्एिको टोलीसगै मोटरसाईकलमा दर्शकहरुको समुह खेलाडीको गाडी अघि पछि कुदेका थिए ।
यो परेर गौशाला , बत्तीस पुतली , न्यूरोड, त्रिपुरेस्वर, कुपण्डोल , मंगलबजार हुदै एन्फा कम्प्लेक्समा पुगेर सकिएको थियो ।
विमानस्थलमा पत्रकारहरुसगँ कुरा गर्दे नेपाली टिमका मैदानमा कप्तानी गरेका विराज महर्जनले टिमले राम्रो मेहेनत गरेका कारण ठूलो उपलव्धि भएको भन्दै आगामी दिनमा अझ मेहेनत गर्नु पर्ने बताए ।

raju-kaji-shakya यसै गरी नेपाली टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यले विश्वकप छनौटमा असफल भएका देशहरुको टुर्नामेन्ट भए पनि हाम्रो स्तर माथि नै छ भन्ने यो जीतले प्रमाणित गरेको भन्दै फुटवलको विकासमा अझ धेरै गर्नु पर्ने बताए । खेलमा जीतका लागि गोल गर्नु पर्ने भएकाले खेलाडीमा गोल गर्ने क्षमता प्रमाणित भएको पनि शाक्यले बताए ।

15058776_1332658080119710_948490114_n

मुख्य प्रशिक्षक कोजीले पत्रकारसगँ कुरा नगरे पनि उनी टोलीसगैको परेडमा खुसी देखिएका थिए ।

football-3
विमानस्थलमा टोली २० मिनट ढिलो ल्याण्ड भएको थियो । नोभमेम्बर २० मा फे्रन्डस् जापान विरुद्ध मैत्रीपूर्ण खेल खेल्नु पर्ने भएका कारण टोलीलाई राति नै परेड गराईएको थियो ।

15086241_1332659436786241_32942351_n

विजेता खेलाडीलाई जनही तीन तीन लाख रुपैया पुरस्कार दिने सरकारले घोषणा गरीसकेको छ । नेपालले ६२ वर्षको ईतिहासमा पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगीतामा जीत हात पारेको हो ।

football-4

football-6

15139677_1332657206786464_1310919014_n 15058668_1332636106788574_2035171109_n 15086184_1332632040122314_120351882_n


यसमा तपाइको प्रतिक्रिया

Loading...