Loading...

तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत सर्वसहमत चयन

काठमाडौ १ मंसिर ।
पोखरामा जारी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनले आज भागबन्डाको आधारमा नयाँ नेतृत्व चयन गरेको छ । शिर्ष नेताहरुबीचको लामो समयको छलफलपछि सहमतिमै तरुण दलको नयाँ नेतृत्व सहित पदाधिकारीको टुङ्गो लगाएको हो ।

सहमति अनुसार तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत र उपाध्यक्ष उत्तमकुमार चापागाँई चयन गरिएको छ । यस्तै महासचिवमा रामचन्द्र पौडेल समुहबाट भुपेन्द्रजंग शाही र खुमबहादुर खड्काबाट विद्धान गुरुलाई कोष अध्यक्ष बनाउने सहमति गरेको छ ।

नयाँ पदाधिकारीको नामवली सार्वजनिक गर्न पोखरामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य एवम् निर्देशन समितिका संयोजक बालकृष्ण खाँडले बाँकी पदाधिकारी र सदस्य केन्द्रिय निर्देशन समितिको आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिुनभयो ।

शिर्ष नेतृत्वको सहमति अनुसार देउवालाई नेतृत्वसहित ३० प्रतिशत, पौडेल पक्षलाई महासचिव सहित ३० र सिटौलालाई उपाध्यक्ष सहित ३० र खड्का पक्षलाई कोषाध्यक्षसहित १० प्रतिशत दिने निर्णय भएको छ । महाधिवेशनबाट ६१ सदस्यीय कार्यसमितिलाई बढाएर ९५ सदस्यीय बनाइएको छ ।

खुलातर्फ २३, प्रदेशबाट २८, महिला ७, आदीवासी ४, मधेशी ४, दलित ३, अल्पसंख्यक पिछडावर्ग ३, सहिद परिवार १, थारु १ र मुस्लिम १ जना मनोनित हुने गरी विधान संशोधन गरिएको निवर्तमान अध्यक्ष उदयशमसेर राणाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...