Loading...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौ १ मंसिर ।  

पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको बुद्धनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको सैनामैना–७ बुद्धनगरमा लु ११ प ९८९ नम्वरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रुपन्देही गढवाका ६० वर्षीय इन्द्रबहादुर रेश्मीको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रेश्मीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...