Loading...

नेपाल चीन पारवहन सम्बन्धी बैठक आजदेखि तिब्बतको ल्हासामा हुदै

काठमाडौ १ मंसिर ।  

नेपाल चीन पारवहन सम्बन्धी बैठक आजदेखि चीन प्रशासित क्षेत्र तिब्बतको ल्हासामा सुरु हुदैछ । तीन दिनसम्म चल्ने बैठकमा पारवहन यातायात सम्झौताको प्रोटोकल मस्यौदाका विषयमा छलफल हुने जनाएको छ ।

बैठकमा नेपालका तर्फबाट वानिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा परारष्ट्र, वानिज्य, भौतिक योजना, अर्थ र कानुन मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् ।

बैठकमा नेपालले चीनियाँ भूमि हुदै पुनः नेपालतर्फ व्यापार तथा आवतजावत गर्न चीनियाँ मार्ग प्रयोग गर्न पाउने विगतको सम्झौता नवीकरणका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी दिनुभयो ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा समपन्न चीन भ्रमणका क्रममा हस्ताक्षरित ऐतिहासिक पारवशन सम्झौताको प्रोटोकल तय गर्ने विषयमा बैठक केन्द्रित हुने सैजुले बताउनु भयो ।

बैठकमा सहभागी हुन नेपाली टोली हिजै ल्हासा प्रस्थान गरिसकेको छ । सम्झौता कार्यन्वयन भए नेपालले चीनको बाटो हुदै तेस्रो मुलुकसँग जल तथा स्थलमार्गबाट व्यापार गर्न पाउने छन् ।

नेपालले हालसम्म भारतीय भूमिबाट मात्र तेस्रो मुलुकसँग पारवहन व्यापार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...