Loading...

पाचौँ राष्ट्रिय कर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, मंसिर १।
आज पाचौँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको यस वर्षको नारा गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा सरकारले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । त्यसअघि अहिले लाजिम्पाटमा रहेको आन्तरिक राजस्व विभागबाट प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरी प्रज्ञाप्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत हुने छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।

विभागले ३० जिल्लामा ४९ कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...