Loading...

व्यवस्थापिका संसदको बैठक आज बस्दै

काठमाडौ १ मंसिर ।   

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बैठकले नेकपा माओवादी केन्द्रका सांसद भक्तप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयले जनाएको छ ।

केहीदिन देखि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की माथि दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल लम्बिने भएकाले संसदको आजको दोस्रो बैठक बस्ने सम्भावना भने कम रहेको जनाएको छ ।

गत कार्तिक ९ गते दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल जारी रहेपनि महाअभियोग सिफारिस समितिले आफ्नो कार्यविधि पारित नगर्दा छलफल लम्बिएको हो ।

गत कार्तिक २६ गते बसेको समितिको बैठक भोली मात्र बस्नेछ । प्रस्तावमाथि कांग्रेसले औपचारिक निर्णय गर्न बाँकी रहेपनि संसदको छलफलमा कांग्रेस सांसदहरुले भने प्रस्तावको पक्षमा धारणा राखिरहेका छन् ।

सांसदहरुले तत्काल महाअभियोग पारित गर्न सदनको ध्यानाकर्षण गराएपनि प्रमुख दलहरुबीच सहमति जुट्न नसक्दा पारितका लागि ठोस तालिका भने तय हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...