Loading...

पाण्डे र चौधरी सल्लाहकार समितिको संयोजक चुनिए

काठमाडौं, कात्तिक ३० ।

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीलाई क्रिकेटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिको संयोजकमा तोकिएको छ ।

मंगलबार अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीका प्रतिनिधिको रुपमा आएका आइसिसी सदस्य इमरान ख्वाजा र वित्त व्यवस्थापक अमर शेखसहितको उपस्थितिमा बसेको वैठकले सल्लाहकार समितिका लागि दुई संयोजक तोकेको हो ।
त्यस्तै सदस्यसचिवमा राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल हुनुहुन्छ भने प्रवक्तामा राष्ट्रिय खेलकुद परिषद् राखेपका प्रेस संयोजक रोहित दाहाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि कोइराला र क्यानका पूर्व कावा अध्यक्ष दीपक कोइराला छन् ।
आइसिसी र सल्लाहकार समितिबिच भएको सहमति भएअनुसार आगामी असार दोस्रो साताभित्र नेपाली क्रिकेटको आधिकारिक निकायको निर्वाचन गरिसक्नु पर्नेछ । नयाँ नेतृत्व चयन निर्धा्रित समयभित्रै गरिसक्ने लक्ष्यका साथ सल्लाहकार समितिले अब काम सुरु गर्ने नवनियुक्त प्रवक्ता रोहित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार क्रिकेटको अभिभावकीय संस्थाको नाम यही नै राख्ने भन्ने टुङ्गो भने लागेको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...