Loading...

सुजलको गोलमा नेपालले मकाउ विरुद्ध १–० को अग्रता लियो

काठमान्डौ कात्तिक ३० । मलेसियामा जारी एएफसी सोलिडारीटि कपको उपाधि भीडन्तमा सुजल श्रेष्ठको आकर्षक गोलमा नेपालले मकाउ विरुद्ध १–० को अग्रता बनाएको छ ।
मकाउलाई पूर्ण दवामा राखेको खेलको ३० औं मिनेटमा भरत खबासको क्रसमा सुजलले जाली चुमाएका थिए ।
कुचिङस्थित सारावाक स्टेडियममा जारी खेलमा नेपालले पाएका केही अबसरमा गोल गर्न सकेन ।

लगातार तेस्रो जित हात पार्दै नेपाल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रिएको छ । मैदान हिलाम्मे रहेका कारण खेलाडीले खुलेर खेल्न पाएका छैनन् ।

एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

सेमिफाइलनमा लाओसलाई ट्राइब्रेकरमा हराउदै नेपाल फाइनल पुगेको हो भने मकाउले बु्रनाइलाई पराजित गर्दै नेपालसँगको फाइनल भिडान्त तय गरेको हो । नेपालले यसअघि मकाउसँग पाँच वटा खेल खेलिसकेको छ ।

जसमा नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ । नेपाली टोली उच्च मनोबल का साथ मैदान उत्रने भएकाले मकाउलाई हराएर उपाधि जित्नेमा आफु आशाबादी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुको कोजील बताएका छन् ।

मकाउका प्रशिक्षक आओ सानले आफ्नो टोली फाईनल प्रबेश गर्नु नै ठुलो उपलब्धि भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...