Loading...

एएफसी सोलीडारिटीमा नेपाल र मकाउबीचको खेल शुरु

काठमान्डौ कात्तिक ३० । मलेसियामा जारी एएफसी सोलिडारीटि कपको उपाधिका लागि नेपाल र मकाउबीचको खेल शुरु भएको छ ।
मलेसियाको कुचिङस्थित सारावाक स्टेडियममा भर्खरै शुरु भएको खेलमा नेपाल सम्हालिएर प्रस्तुत भएको छ ।

लगातार तेस्रो जित हात पार्दै नेपाल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उएिको छ ।
एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

सेमिफाइलनमा लाओसलाई ट्राइब्रेकरमा हराउदै नेपाल फाइनल पुगेको हो भने मकाउले बु्रनाइलाई पराजित गर्दै नेपालसँगको फाइनल भिडान्त तय गरेको हो । नेपालले यसअघि मकाउसँग पाँच वटा खेल खेलिसकेको छ ।

जसमा नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ । नेपाली टोली उच्च मनोबल का साथ मैदान उत्रने भएकाले मकाउलाई हराएर उपाधि जित्नेमा आफु आशाबादी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुको कोजील बताएका छन् ।

मकाउका प्रशिक्षक आओ सानले आफ्नो टोली फाईनल प्रबेश गर्नु नै ठुलो उपलब्धि भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...