Loading...

च्याउलाई सस्तो र स्वास्थ्यवद्र्धक मानेर धेरैले खान थालेका छन् : हलुवाई

ग्रामीण कृषिमा व्यवसायिकता आजको नारा भनको वैकल्पिक कृषि उपजहरुको खोजी गर्नु आवश्यकता हो । ग्रामीण कृषि अर्थतन्त्रलाई सबल वनाउन र कृषकहरुको जीवनस्तरलाई माथि उकास्न नयां कृषि प्रणालीको साथै नगदोन्मुख कृषि उपजहरुलाई बढावा दिनु हो । यस्तै विकल्पहरुमा नेपालमा च्याउ व्यवसाय एउटा विकल्पको रुपमा आउन सक्छ । खाँदा स्वादिलो भेज नन्भेज सबैले खाने पोषिलो औषधीजन्य बढ्दै गएको बजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सृजना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार गर्न सक्दा ग्रामीण कृषकहरुको आय स्तरमा वृद्धि भई जीवनस्तर सुधार हुने देखिन्छ । यसै माझमा बिगत १२ बर्षदेखी नेपालमा च्याउको अनुसन्धान गरीरहेका तथा गुणस्तरीय च्याउको बिउ उत्पादन गरीरहेका श्याम सुन्दर हलुवाई गुणस्तरिय च्याउ उत्पादन प्रशोधन र बिक्री वितरण व्यवस्थालाई अझै सुदृढ तथा विदेशी मापदण्डको च्याउ उत्पादन गर्न सकेमा च्याउको बजार नेपाल मात्र नभई विश्व बजार पनि हुन सक्छ भन्छन् । परम्परागत ढंगवाट चल्दै आएको ग्रामीण कृषि प्रणालीमा परिवर्तन ल्याउन नयाँ उपायहरु बारे कृषक सम्म सचेतना फैलाउन आवश्यक छ भन्ने उनी नेपालमा गुणस्तरीय च्याउको बिउ उत्पादन गरेर हजारौँ कृषकको सहयात्री समेत बनीरहेका छन् । ललितपुरको धापाखेलमा ह्वाइट बफलो मसरुम फार्म समेत सँचालन गरीरहेका उनै हलुवाइसँग मैँले व्यवसायिक च्याउ खेतीबाट स्वरोजगार सृजना मात्र नभई ग्रामीण अर्थतन्त्रमा समेत साँच्चिकै सुधार आउन सक्छ त ? भन्नेबारेमा पत्रकार अशिम सापकोटाले गर्नु भएको कुराकानी , प्रस्तुत छ :

खास च्याउलाई कस्तो परीकारको रुपमा लिन सकिन्छ ?
खाँदा स्वादिलो मात्र होइन, भिटामिन, प्रोटिनजस्ता पोषक तत्व पनि पाइन्छ च्याउमा । त्यस्तै, च्याउलाई आलै, सुकाएर वा धुलो बनाएर सुपको रूपमा खान सकिन्छ । च्याउलाई मासुको विकल्प मानिन्छ । मासुले अनेक रोग निम्त्याउँछ, तर खान हुने च्याउ सम्पूर्ण रूपमा स्वस्थकर हुन्छ । च्याउले कतिपय रोगमा त औषधिको काम समेत गर्छ । त्यसैले स्वास्थ्य चेतनासँगै आजकल धेरैको भान्सामा पाक्ने गरेको छ च्याउ । खपत बढेसँगै च्याउको व्यावसायिक खेती बढ्दै गएको छ । च्याउको व्यावसायिक खेती गर्नेहरू उत्साहित हुँदै गएका छन् । थोरै लगानीमा र तत्कालै लाभ लिन सकिने भएकाले च्याउ खेतीमा आकर्षण बढेको छ । च्याउ खेतीका लागि ठूलो क्षेत्रफल चाहिँदैन । त्यस्तै, च्याउ खेती गर्न धेरै पढेलेखेको हुनुपर्छ भन्ने पनि हुँदैन । आफ्नै घर–कम्पाउन्डमा समेत च्याउ खेती गर्न सकिन्छ । खाली समयका गृहिणीहरुले समेत यो खेती गर्न सक्ने हुनाले पनि यो अझै सर्वसुलभ बन्न सक्छ ।

15046320_1095557517225169_410797038_n
हालको च्याउको प्रयोगको अवस्था कस्तो रहेको पाँउनुहुन्छ ?
च्याउ एउटा बहुपुरक खाद्य पदार्थको रुपमा लिने गरेको छु । च्याउलाई अहिले मासु भन्दा सस्तो र स्वास्थ्यवद्र्धक मानेर धेरैले खान थालेका छन् र यो सङख्या दिनुदिन बढीरहेको छ । भोज भतेर पिकनिक तथा आफन्तजन भेटघाटमा च्याउको परिकार बन्न थालेको देखिन्छ । शुरुका वर्षहरुमा अर्थात २०३९ सालमा नेपालमा वार्षिक १२ टन उत्पादन हुने च्याउ हाल यसको उत्पादन बढेर करीब बार्षिक ३६ सय टन उत्पादन हुन थालेको च्याउमा काम गरीरहेका व्यक्तिहरु बताँउछन् ।
च्याउको बिउको अवस्था कस्तो छ ?
च्याउको बिउको अवस्था राम्रै मान्नुपर्छ । चाहे जती बिउ उत्पादन भइरहको मान्न सकिन्छ तर कुनै–कुनै सिजनमा बिउको माग अत्यधिक हुन्छ । अहिले नेपालमा धेरै ल्याबहरु खुलेका छन् सबैजसोले लिक्विइड कल्चर प्रविधिलाई अवलम्बन गरी बिउ उत्पादन गरेको पाइन्छ । तर अझै लेटेस्ट कल्चर पनि आएको छ । म्याजिक स्पोन नयाँ टेक्नोलोजि हो । यो लिक्विइड कल्चर भन्दा राम्रो भएको छ । यो प्रविधि मैलै पनि भित्रयाउने तयारीमा रहेको छु ।
अन्त्यमा केहि भन्नुहुन्छ ?
हामी कृषिमा नै निर्भर रहनुपर्ने र कृषिवाट नै आफ्नो जीवनस्तर सुधार गर्ने अभियानमा लागेका वेला नयां व्यवसायिक खेतीतर्फ आकर्षित हुनै पर्छ । व्यवसायिक खेतीवाट स्वरोजगार सृजना मात्र नभई ग्रामीण अर्थतन्त्रमा समेत सुधार आउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...