Loading...

अख्तियारका निलम्वित प्रमुख सर्वोच्च अदालतमा उपस्थित

काठमाण्डौ कार्तिक ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की आज अदालतमा हाजिर हुनुु भएको छ । सर्वोच्च अदालत पुगेर कार्कीले आज लिखित जवाफ पेश गर्नु भएको हो ।

कार्की माथि म्याद तामेलीका क्रममा विभिन्न बहाना बनाई अवरोध सिर्जना गरेको भनि परेको मुद्धामा सर्बोच्च अदालतले एकसाताभित्र उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो ।

उहाँले बुझाएको लिखित जवाफमा म्याद तामेलीमा अवरोध गर्ने आफ्नो कुनै योजना र उद्देश्य नभएको जिकिर गर्नुभएको छ ।

सर्बोच्च अदालतमा कार्की विरुद्ध नियुक्तिका लागि योग्यता नपुगेको, म्याद तामेलीमा अवरोध गरेको तथा निलम्वित भएपछि सेवा सुविधा खोस्नुपर्ने माग सहित तीनवटा छुट्टाछुट्टै मुद्धा परेका छन् ।

दुइवटा मुद्धामा आगामी मंसिर १६ गतेबाट सुनुवाई शुरु हुने सर्वोच्चले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...