Loading...

नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमान्डौ, कात्तिक ३० ।
नवलपरासीमा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठ रहेका छन् ।

कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका उनको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

श्रेष्ठको शव बाघको आक्रमणबाट जङ्गलमा क्षत विक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...