Loading...

मंसिर ६ मा राप्रपा र राप्रपा नेपालको एकिकरण हुने

काठमाडौ ३० कार्तिक ।
राप्रपा नेपाल र राप्रपाबीच आगामी मंसिर ६ गते एकता हुने भएको छ । आज बसेको दुवै पार्टीको संयुक्त बैठकले सवल र सम्बृद्ध हिन्दुराष्ट्र नेपाल निर्माण गर्ने मुल लक्ष्य सहित पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको विज्ञप्तीमा आगामी मंसिर ६ गते पार्टी एकिकरण सभा गर्ने उल्लेख गर्दै एकीकृत पार्टीको अध्यक्ष तथा संसदीय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा रहने जनाएको छ ।

सरकारमा सहभागीताको बिषयमा दुई दलबीच विवाद भएपछि गत भदौं पहिलो साताका लागि तय भएको एकीकरणसभा अन्तिम समयमा स्थगित भएको थियो । दुवै दलका वार्ता टोलीले एकीकरण सम्बन्धि नीति तथा अवधारणापत्रलाई पारित गर्दै राप्रपाको अन्तरिम बिधान समेत अनुमोदन गरेको छ ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपा नेपालको हाल कायम रहेको पार्टीको झण्डालाई एकीकृत पार्टीको राष्ट्रिय झण्डा बनाउने सहमति गर्दै दुवै पार्टीले चुनाव चिन्ह भने आगामी माघमा गर्ने महाधिवेशनले तय गर्ने सहमति जनाएको छ ।

यस्तै दुवै दलबाट समान सदस्य रहने गरी ३ सय केन्द्रीय समिति गठन गर्दै वार्ता टोलीले उपाध्यक्ष, महामन्त्री लगायतका पदमा समेत समान सहभागिता गराउने ब्यवस्था गरेको महामन्त्री लिङ्देनले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको घोषणा भने एकीकरणसभाबाट घोषणा गरिनेछ । यस्तै राप्रपा अध्यक्ष राणाको अध्यक्षतामा बन्ने निर्देशक समितिले आगामी माघमा महाधिवेशन गराउने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...