Loading...

माओवादी केन्द्रका नेता पाण्डेको निधनप्रति प्रमद्धारा श्रद्धान्जली

काठमान्डौ कात्तिक ३० ।
६२ वर्षको उमेरमा निधन भएका नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको आज अन्तेष्टि गरिदै छ ।

यसअघि पाण्डेको पार्थिव शरीरलाई बिहान अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा राखिएको थियो ।

सो क्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिवंगत नेता पाण्डेको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसैगरी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नयाँशक्ति नेपालकी नेतृ हिसिला यमी लगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले पनि पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको हो ।

पाण्डेले माओवादीको सशस्त्र संघर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । पाण्डेका एक छोरा, दुई छोरी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...