Loading...

खाडिको तापले निखारिएर सांगितिक क्षेत्रमा उदाएका श्याम बुढा क्षेत्री

काठमाण्डौ ,३० कार्तिक ।
पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ ।

धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरेपनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् । खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नयाँ कलाकारहरु ।

श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली पन ,संस्कृति ,माया , अनी आफ्नै गाउ ठाउको झझल्को ,त्यसैबाट उम्रन्छ कला साहित्यका विजहरु ।

तिनै विलाई खाडिबाटै नेपालीमाझ ल्याईन्छ गित संगितको माध्यमबाट , पोखिन्छ मनका बह , नेपालको सम्झना , भोगीरहेको पिडा । नेपालमा मात्रै हैन बिदेशी भूमिमा पनि आफ्नो सुगन्ध फैलाउदै आउछन् नयाँ गायक गायीकाहरुको अनुहार सबैका सामु ।

पछिल्लो समय यीनै नयाँ प्रतिभाको भिडमा देखापरेका छन्सुमधुर स्वरका धनी लोक दोहोरी गायक श्याम बुढा क्षेत्री ।

एकदमै विकट जुम्ला जिल्ला बुम्रमाडिचौर ५ भेडिचोक मा जन्मिएका गायक क्षेत्री को सानैदेखि गित संगितमा औधी रुचि भएपनि बाध्यतात्मक परिस्थितिका कारण मलेसिया पुगेका छन् ।
पहिलेदेखि नै सांगितीक क्षेत्रमा लाग्ने रहर भएपनि मलेसियामा नै पुगेर सांगीतिक क्षेत्रमा लाग्ने भने सोचेका थिएनन् ।
स्कुलमा होस या गाउघरमा कुनै कार्यक्रम भए उनी गित गाउन तम्सिहाल्थे । गाउँ घरमा हुने बिबाह बर्तन ,पुजा पाठमा पनि गीतहरु गायर सहभागी जनाउथे । घरको पारिवारिक स्थिति र कुनै त्यस्तो उचित वातावरण नमिलेको वताए ।

सन् २०१४ मा रोजगारीको सिलसिलामा मलेसिया प्रस्थान हुनुपरेको तितो एथार्थ छ उनीसँग , भन्छन् रहर होईन मेरो बाध्यता ।
तर त्यहि बाध्यताले उनलाई सानैदेखिको रहर पनि पुरा गरायो । खाडिमा श्राम बेच्दैगर्दा गित गाउने रहर जाग्यो र प्रयास पनि गरिहाले अहिले सफल समेत भएका छन् ।
हर समस्या सङ जुध्दै बिहान बेलुकी बचेको समय लाई संगीतिक गतिविधि मा लिछिप्त हुन्थे उनी ।
भन्छन् एउटा सपना अनी चाहना पनि कोसिस् गरे के सफल हुदैन र  ? उनले प्रबास देखि नै “माया गरि संसार टिकायौ“ बोल को लोक दोहोरी गीत प्रीयसी म्युजिक प्रा लि देखी बजार मा ल्याएका छन् ।

त्यतिमै यात्रा टुङग्याएनन् लगत्तै दशैको गित पनि बजार ल्याए  र सांगीतिक क्षेत्रमा केहि गर्नु पर्छ भन्ने लक्ष्यका साथ निरन्तर अगि बडि राखेका छन् ।

मिर्मिरे अनलाईसँगको कुराकानीमा उनले भने म यो यात्रालाई निरन्तरता दिन्छु , मेरो रहर ,चाहना पनि हो अब त लक्ष्य नै बन्यो । गित संगितको क्षेत्रमा आफुलाई अझै निखार्दै लैजाने छु ।

यसमा तपाइको प्रतिक्रिया

Loading...