Loading...

प्रधानसेनापति क्षेत्रि आज बंगलादेश जादै

काठमाडौ ३० कार्तिक ।
बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्रि आज ढाका प्रस्थान गर्दै हुनुहुन्छ ।

बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मुहम्मद सफिउलको निमन्त्रणामा ६ दिने औपचारिक भ्रमणका लागि उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानसेनापति क्षेत्रि केहीबेरपछि जेट एयरको विमानबाट ढाका जाने कार्र्यक्रम छ । बंगलादेश भ्रमणका क्रममा उहाँले त्यहाँका राष्ट्रपति, सेनाप्रमुख लगायतका विशिष्ट अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

भ्रमण सकेर उहाँ आगामी मंसिर ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...