Loading...

एकलौटि संविधान संशोधन प्रस्ताव दर्ता गराउदै माओवादी केन्द्र

काठमाडौ ३० कार्तिक ।
मधेशको माग सम्बोधनका लागि सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले एकलौटी रुपमा भएपनि संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ ।
सत्ता साझेदार कांग्रेस पनि भित्रि रुपमा संशोधन प्रस्ताव दर्ता गराउने पक्षमा अग्रसर नदेखिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले एकलौटी रुपमा भएपनि संशोधन प्रस्ताव गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
कांग्रेसले सहयोग नगरेका कारण आफूले पटक पटक आश्वसन दिएर पनि संशोधन प्रस्ताव दर्ता गराउन  नसक्दा आफ्नो विश्वसनीयता माथि नै प्रश्न उठ्न थालेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग ठोस वार्ता गरी एकलौटी रुपमा भएपनि प्रक्रिया अघि बढाउने योजना बनाउनु भएको बताइएको छ ।

मोर्चाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री दाहालले ९ महिनामा आफूले सरकार हस्तान्तरण गर्नुपर्ने बाध्यता भएकाले कांग्रेसले सहयोग नगरेपनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताउनु भएको स्रोतको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...