Loading...

नेपाली फुटवल ईतिहास रच्ने अन्तिम क्षणमा…

सिर्जना तिम्सिना

कार्तिक ३० काठमाण्डौं । यदी हामीले सोलीडारीटी कपको फाईनल जित्यौ भने धेरै नेपालीहरुले हामीलाई विमानस्थलमा स्वागत गर्ने छन् ।
नेपाली फुटवलको लोकप्रियताको झलक देखिसकेका प्रशिक्षक कोजीले नेपालले मकाउ विरुद्ध एएफसी सोलीडारीटी कपको फाईनल अघि पत्रकार सम्मेलनमा बोलेको कुराले स्पष्ट गर्दछ कि नेपालको लागि आजको दिन ऐतिहासिक छ ।
एएफसी सोलडारीटी कपको फाईनलमा आज अपरान्ह सवा ५ बजे देखि मलेशियाको सरावाक रंगशालामा हुने खेलमा जीत हात पारे नेपालले अहिले सम्मकै ठूलो एएफसीको उपाधी हासिल गर्ने छ ।  यस्तोमा प्रतियोगीतामै अपराजीत रहेको नेपालले आज सम्पूर्ण रुपले जीतको लागि खेल्ने छ ।
नेपालले समुह चरणमा टिमोर लिष्टेसगँ गोल रहित बराबरी खेलेको थियो भने ब्रुनाईलाई तीन शुन्यले पराजीत गरेको थियो ।
त्यस पछि लाओस विरुद्धको सेमिफाईनल पनि नेपालले रोमाञ्चक मोडमा पेनाल्टी मार्फत तीनm शुन्यले जीतेको थियो ।
मकाउ विरुद्धको ईतिहास नेपालको पक्षमा छ । आज सम्म नेपालले मकाउ विरुद्ध पाच खेल खेलेको छ । जस मध्य तीन खेलमा जीत हात पारेको छ भने एक खेलमा बराबरी खेलेको छ ।

coach

नेपालले मकाउ विरुद्ध कुनै एकै प्रतियोगीतामा ६ गोल सम्म गरेको छ । २००१ को अप्रील २५ मा भएको खेलमा नेपालले मकाउ विरुद्ध ६ गोल गरेको थियो । दुवै देशबीच पछिल्लो म्याच २००८ मा फोनपेनमा भएको थियो , जसमा नेपालले तीन दुई गोल अन्तरले विजयी भएको थियो ।
आज मकाउ पनि नेपाललाई स्तव्ध पार्न चाहन्छ , उसले हाफ्ना हात भाचीएका स्टार खेलाडी निकोलस टोरेरो लाई मैदानमा उतार्ने संकेत ताम लाओ सानले संकेत दिएका छन् । यस्तोमा नेपाली प्रशिक्षकले डिफेन्स, मिडफिल्ड र स्ट्राईकमा सन्तुलित रणनीति बनाउन सक्ने देखिएको छ ।
नेपालको जीतका लागि शुभकामना छ र दर्शकहरु त्यो ईतिहासको पर्खाईमा छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...