Loading...

संविधानमा मधेसविरोधी कुनै दफा भए देखाउन माधव नेपालकाे चुनौती

लहान, कात्तिक २९ ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको संविधानमा मधेसविरोधी कुनै दफा भए देखाउन मधेसी दलहरुलाई चुनौती दिनुभएकाे छ ।

सिरहाको लहानमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले नेपालकाे संविधान विश्वकै उत्कृष्ट रहेकाे भन्दै  संविधानमा  कुनै दफा, उपदफाहरु मधेसविरोधी रहे देखाउन चेतावनि दिनुभएकाे हाे ।

‘अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, भारतमा ६० प्रतिशतले, तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्’–उहाले भन्नुभयाे ‘संविधान बन्दा केही असन्तुुष्टि हुनु स्वाभाविक हो ।

एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत भएकाे भन्दै उहाले प्रमाणित गरेर देखाउन’ चुनौतीसमेत दिनुभयाे ।

अंगीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको टिप्पणी गर्दै उहाले अंगीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुुनैपनि हालतमा स्वीकार्य नहुुने बताउनुभयाे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...