Loading...

पूर्वका क्रान्तिकारी माओवादी र माओवादी केन्द्रका नेताहरु बिप्लव माओवादीमा प्रवेश

आलोक लिम्बु

कार्तिक २९ झापा ।  नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सस्लाहकार एवं झापाका वामपन्थी नेता डिल्ली कुमार मैनाली, सोही पार्टीका केन्द्रीय सदस्य लिला बहादुर लावती लगायत माओवादी केन्द्रका समेत नेताहरु विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका  छन् ।
झापामा  आज एक कार्यक्रमका बीच उनीहरु नेकपा माओवादीमा प्रवेश गरेका हुन् । यसै गरी सयुक्त राष्ट्रिय जनपरिषद्का केन्द्रीय सदस्य ईस्लाम, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज अधिकारी प्रेम ढकाल,बीर बहादर सुव्वा प्रेम ढकाल,रमेश पौडेल सुरेस पोखरेल,तारा नेपाल, कुमार गिरी,राज राजवंशी, भक्ति शंकर लगायतका पनि माओवादीमा आएका छन् ।
माओवादी स्थायी समिति सदस्य असारे काका, पूर्वी व्यूरो ईन्चार्ज पदम राई सहितका नेताले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताले माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अब माओवादी आन्दोलन अघि बढाउन नसक्ने भन्दै नेकपा माओवादी नै अबको विकल्प भएकाले प्रवेश गरको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...