Loading...

दैनिक आधा घण्टाको ब्यायामले तपाईको डाईबेटिज रोकथाम हुन सक्छः डा. प्रियादर्शीनी योञ्जन, मधुमेह तथा थाईराईड विशेषज्ञ

   डाईवेटिज रोग महामारीको रुपमा बढ्दै जानुको कारण के होला ?
२०१५ को डाटा अनुसार संसारभर ४१ करोड मानिसमा डाईबेटिज छ । र यो बढेर सन् २०३० सम्ममा ६० करोड बढीमा रोग लाग्न सक्ने पूर्वानुमान गरिएको छ । त्यसरी मात्रै हेर्दा पनि यो ठूलो समस्याको रुपमा बढीरहेको छ ।
त्यसैले यस पटक डाईवेटिजमा नजर भन्ने नाराका साथ १४ नोभमेम्बरमा मधुमेह दिवस मनाईएको छ । यसमा चेतनामुलक कार्यक्रमहरु भएका छन् । यसको बृद्धिको मुख्य कारण जीवनशैली नै हो । असन्तुलित जीवनशैलीले मानिसमा यो समस्या बढेको हो ।
मानिसहरु व्यस्त छन् , शारीरीक अभ्यास छैन , खानपानमा बढी प्रोसेस्ड फुडहरु खाईरहेका हुन्छन् र शारीरीक तौल बढीरहेको छ ।
यसो भए पछि प्रकार दुई डाईबेटिज हुनुको कारण ईन्सुलिन रेजिस्टेन्स भन्छौं ,जुन रसायन हुन्छ ।  प्यान्क्रियाज ग्रन्थीले यो बनाउछ । यसले सुगरलाई अर्थात रगतमा भएको चीनीलाई घटाउछ । तर प्रकार २ डाईवेटिजमा ईन्सुलीन बढ्छ तर चीनीलाई घटाउन सक्दैन सोही कारणले मानिसमा डाईवेटिज बढ्दछ ।

    डाईवेटिजमा लक्षणहरु के के देखा पर्दछन् त ?
५० प्रतिशत मानिसमा कुनै लक्षणहरु देखा पर्दैन । बाकी ५० प्रतिशतमा देखिन सक्ने लक्षणहरु बढी पिशाब लाग्ने, आखा रसाउने, मुख सुख्खा हुने ,भोक बढी लाग्ने, खुट्टा झमझमाउने, तौल घटेर जाने ,खुट्टाहरु पोल्ने हुन्छ ।
तर यदी लक्षण छैन भने पनि ३० वर्ष नाघ्ने बित्तिकै आफ्नो सुगर जाच गर्नु राम्रो हुन्छ । संसारभर ४५ वर्ष नाघे पछि जाचे राम्रो हुन्छ भन्ने मान्यता छ । तर ३० माथि जाच्नु राम्रो हुन्छ । स्क्रीनीङ गर्नु राम्रो हुन्छ । हामीले सरदरमा ८ सय मानिसमा स्क्रीनीङ गर्दा लगभग सात प्रतिशत मानिसमा यो रोगको लक्षण देखिएको थियो । अहिले यकीन संख्या बताउन नसकिने अवस्था छ किन भने २ जना डाईवेटिजको रोगीमध्य एक जनाको टेष्ट गरिदैन ।
     
     नेपालमा डाईवेटिजका रोगीहरु ठूलो संख्यामा समयमै उपचार गर्न आउदैनन् भनिन्छ किन होला ? उपचार महंगो भएर हो ?

सबै घर घरमा स्क्रीनीङ गर्न गाह्रो हुन्छ । लक्षणहरु कममा देखिन्छ । यसमा चेतना कम हुन्छ । त्यसै कारणले शुरुमै डाईग्नोसिस हुदैन । तर खाली पेटको सुगर हेर्न मात्र ६० रुपैया लाग्छ । प्रविधि प्रशस्त छ नेपालमा । यो समस्या छैन ।

डाईवेटिज लागे पछि अन्तिममा देखिने परिणामहरु के के हुन्छन् ?

यो दीर्घकालीन खालको रोग हो । हर्ट एट्याक, प्यारालाईसिस हुने , किड्नीमा असर हुने अन्धोपना हुने जस्ता गंभीर परिणामहरु हुन सक्छन् ।

    यो रोग लागे पछि उपचारको संभावना कति प्रशित सम्म हुन्छ ?
अहिले औषधीहरु प्रसस्तै पाईन्छ । खाने औषधी , ईन्सुलिन छ । तर कुन स्टेजमा उपचार शुरु भयो भन्ने कुरामा यसको निर्भर हुन्छ । जटिलता आए पछि उपचार गर्दा प्रभाव कम हुन्छ । तर शुरुमै उपचार शुरु गरियो भने राम्रो नियन्त्रण हुन सक्छ ।

    खान हुने र नहुने कुराहरु के के छन यसका रोगीहरुले ?

चुरोट, रक्सी खानै भएन । चिल्लो तथा गुलियो र मोटोपन बृद्धि गर्ने कार्बोहाईड्रेडयुक्त खानेकुराहरु कम गर्नु पर्छ । मोटो पन वृद्धि हुने वित्तिकै डाईबेटिजको रिस्क हुन्छ । मकै , भात जे खाए पनि यसमा कार्बोहाईड्रेड बढी हुन्छ । यसको मात्रा कम गर्नु पर्छ । तर तरकारी , दाल, सागपात, फलफुल बढी खानु राम्रो हुन्छ ।
र परिवारबाट पनि रिस्क हुन्छ जेनेटिक रुपमा । परिवारका कुनै सदस्यमा डाईवेटिज छ भने शुरुबाटै खानपिनमा कन्ट्रोल गर्नु राम्रो हुन्छ । यो परिवारबाट आउने रिस्कलाई हामीले कम गर्न सक्दैनौं ।

  खाना खाने बेला या कुनै पनि बेला मानिस आफैले ईन्सुलिनको रिरिञ्ज लगाउछन् यो कतिको फाईदा वा वेफाइदा के छ ?

यो ईन्सुलिन करीब एक सय बर्ष अघि आविष्कार भएको प्रविधि हो । यसले फाईदै गर्दछ । यो दीर्घ रोग भएकाले विस्तारै ईन्सुलिन दिनै पर्दछ । तर हामीले राम्रो तरीकाले सिकाउने र डोजको कुरा दिने भएकाले यो बिरामी आफैले प्रयोग गर्न सक्ने राम्रो विधि हो । यो अवस्था हेरेर एक पटक देखि ५ पटक सम्म लगाउन सकिन्छ ।

यो रोगको पूर्व रोकथाम कसरी गर्न सकिएला ?
डाईट र एक्सरसाईज नै पहिलो प्रेप्सक्रिप्सन हो । तपाईले दिनमा आधा घण्टा जति हिड्न ,दौडन, स्वीमीङ गर्न खेल्न जे मन लाग्छ गर्न सक्नु हुन्छ तर जिउलाई दुख दिने काम गर्नुस । लगभग हप्तामा एक सय ५० मिनट तपाईले नियमित शारीरीक अभ्यास गर्नु भयो भने यसको जोखिम धेरै कम हुन्छ ।
३० वर्ष भन्दा बढी उमेर भएको छ भने नजिकको ल्यावमा गएर आफ्नो सुगर टेष्ट गर्नु राम्रो हुन्छ । अहिले त ग्लुको मिटरले पनि मोटामोटी आफ्नो सुगरको मात्राको अनुमान गर्न सकिन्छ । तर ल्याव नै उपयुक्त विधि हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...