Loading...

धरानमा दुर्घटनामा परि एकको मृत्यु ,१९ घाइते ।

भरतराज शर्मा (गोपाल) 

धरान , आज धरानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएको छ । धरान ८ स्थित सेउती खोलापुलमाथि आज मध्यान्ह १२ बजेको समयमा भएको यात्रुवाहक बस र स्र्का्पियो एक आपसमा ठोकिदा स्र्का्पियो चालक बराहक्षेत्र गाविस वडा नं. ६ का ३६ बर्षीय बाबुराम तामाङको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
धरानबाट सुनसरीको महेन्द्रनगर तर्फ जादै गरेको को १ च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्र्का्पियो र विपरीत दिशाबाट आउदै गरेको मे १ ख ९७४ नम्बरको धरान विराटनगर चल्ने यात्रुवाहक बस एक आपसमा ठोकिदा स्र्का्पियाका चालक तामाङको मृत्यु भएको हो भने टेम्पोचालक सहित बसमा यात्रा गर्ने १९ जना घाइते भएका छन ।

घाइतेमध्ये टेम्पोचालक बेलबारी मोरङका तोयानाथ दाहाल गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकसमिक कक्षमा उपचार भइरहेको छ ।
विराटनगरबाट धरान आउदै गरको यात्रुवाहक बसले नम्बर नभएको नया टेम्पोलाई ओभरटयाक गर्दा बस अनियन्बित भई स्काईयोमा ठोकिन पुगेको र टेम्पोलाई समेत ठक्कर दिएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
ठक्करबाट दुवै यात्रुवाहक सवारी साधनको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ भने टेम्पो भने सडकदेखि करिब १ मिटर तल झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...