Loading...

मधेशी गठबन्धनद्वारा सोमबारको संसद बैठक पनि बहिष्कार

काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका संसदको सोमबारको बैठक पनि मधेशी गठबन्धनद्वारा बहिष्कार गरेको छ । संसदको बैठक शुरु हुने बित्तिकै सभामुख ओनसरी घर्तीसँग समय मागेर बोल्दै मोर्चाका तर्फबाट सदभावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले आफ्नो धारणा राखिसके पछि मधेशी गठबन्धनमा आबद्ध दलका संसदहरुले बैठक बहिष्कार गरेर बाहिएका छन् ।

सांसद कर्णले विगतको सरकारले पनि संविधान संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने कुरा नमान्दै नै सरकार परिवर्तन गरिएको दाबी गर्दै यो सरकारले पनि संविधान संशोधन गर्ने कार्यलाई आलटाल नै गरिराखेकाले विरोध स्वरुप आजको संसद बैठक पनि बहिष्कार गरिएको बताएका छन् ।

सांसद कर्णले संविधान संशोधनका लागि मोर्चाले यही कार्तिक मसान्तसम्म मात्र पर्खने र यदि यस अवधिमा पनि सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएमा मंसिर महिना देखि सदन मात्र नभई आफूहरु कडा सडक संघर्षमा समेत उत्रने चेतावनी दिएका छन् ।

मधेशी गठबन्धनमा संघीय समाजवादी फोरम, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक लगायत दलहरु आबद्ध रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...