Loading...

विख्यात गायिका आशा भोष्लेको आशिर्वाद संगै संगीत बजारमा उदाए किशोर शिवाकोटि

सार्थक महरा

काठमाण्डौ ,२९ कार्तिक ।

जीवन जीउने जिजीविषाहरुमा हरेक व्याक्तीका आ—आफ्ना इच्छा ,चाहना अनि महत्वाकांक्ष्ााँहरु हुन्छन् । केहि इच्छा अनी चाहानाहरु समय क्रमसंगै पुरा भएर जान्छन अनी केहि इच्छा र चाहानाहरु समयको गर्भमै तुहिएर मर्छन ,कहिल्यै नब्युझिने गरी ।
संगीत एउटा यस्तो विधा , जसले हरेक व्याक्तीका इच्छा अनि चाहानाहरुलाई दुख दर्द ,खुशी रोदनलाई अभिव्यक्त गर्दछ संगीत अनि धुनका भाव अनि झंकारहरु मार्फत । देशका सिमानाहरु बादशाहले कोरेका भुगोलका घेराभित्र कैद भएर रहन्छन तर सांगीतिक भुगोल फराकिलो अनि सिमाहिन हुन्छ , जसलाई कुनै पर्खाल अनि बादशाहले कोरेको भुगोलले फरक पार्दैन । यहि सांगीतिक भुगोलको दायरालाई फराकिलो बनाउदै संगीत क्षेत्रको अथक एवं निरन्तरको साधना पश्चात नेपाली सांगीतिक बजारमा निकै लामो दौड तय गर्ने ओझपुर्ण सम्भावना बोकेर एक संगीतका साधक किशोर सिवाकोटि आफ्नो गीति एल्वम “ट्रिव्युट” को साथमा नेपाली सांगीतिक बजारमा प्रवेश गरेका छन् । उनका गीतहरु सुन्दा लाग्छ उनि संगीत क्षेत्रमा आउन कतै ढिला गरे कि  ! उनको माझिएको गलाले कहिकतै यसै भनिरहेको आभाष हुन्छ । संसारमा सवैभन्दा अमूल्य आफ्नी स्वर्गीय आमा मेनूका सिवाकोटिको असामयिक निधनले विक्षीप्त बनेका गायक किशोरले यस एल्वमलाई आफनी आमा प्रति समर्पण गरेका छन् ।
सांगीतिक क्षेत्रको दायरालाई फराकिलो बनाउदै आफ्ना उच्च महत्वकांक्ष्ााँलाई पुरा गर्ने संकल्पका साथ भारतिय विख्यात गायीका आशा भोष्लेलाई आफ्नो एल्वममा कैद गर्न सफल बनेका छन गायक सिवाकोटि । जसमा आशा भोस्ले संगसंगै सुप्रसिद्ध संगीतकार रञ्जीत गजमेरको संगीतमय आर्शिवाद पनि प्राप्त गर्न सफल बनेका छन् उनि । यस एल्वम भित्र ९ वटा गीतहरु समावेश गरीएका छन् । सबै गीत सुन्दा उत्ति नै प्रिय लाग्छन् ।
एल्वम ट्रिव्युटलाई “भाइव्स क्रियशन”ले बजारमा ल्याएको छ । विमोचनको १५ दिन वितिसक्दा नसक्दै यस एल्वम भित्र समावेश आशा भोष्ले र किशोर शिवाकोटिको आवाजमा सजिएको , सर्वजित राईको सरल शव्दहरुमा रञ्जीत गजमेरले भर्नुभएको संगीतले धेरै श्रोता हरुको ढुकढुकिलाई छाम्न सफल बनेको छ ।

अव भने उक्त गीतको म्युजिक भिडियो समेत दर्शक माझ आइसकेको छ , चर्चित म्युजिक भिडियो निर्देशक भुषण दाहालले निर्देशन गर्नुभएको यस म्युजिक भिडियोमा यो समयकि लोकप्रिय नायिका प्रियंका कार्कि तथा दिर्पशनजंग राणाले निकै आकर्षक अभिनय गर्नुभएको छ ।
उक्त म्युजिक भिडियोलाई तलको लिंक मार्फत हेर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...