Loading...

सांसद तथा माओवादी नेता पाण्डेको निधन

काठमाण्डौ कार्तिक २९ ।
सांसद तथा नेकपा माओवादी केन्द्रका नेता भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ । एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएकोछ ।

अर्घाखाँचीको अर्घातोष– ५ मा २०११ पुष ५ मा जन्मिनुभएका पण्डे माओवादी समूहभित्र चाचा उपनामले चिनिनुहुन्छ ।

सानैदेखि विद्रोही स्वाभावका हुनुहुन्थ्यो र त्यही विद्रोही स्वाभावकै कारण उहाँ १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बन्नुभएको थियो ।

उहाँले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति शुरु गनुभयो । नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोड्नुभएको थियो ।

मसालमा विद्रोह गरेर तत्कालीन नेकपा माओवादीसँग एकता गर्दा उहाँ दीनानाथ शर्माको समूहमा रहनुभएको थियो । पार्टी्भित्र उनी सधै इमान्दार र निडर नेताका रूपमा पनि चिनिनुहुन्थ्यो । पाण्डेका एक छोरा, दुई छोरी र श्रीमती छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...