Loading...

सुजातालाई ५० लाख दिने निर्णयको चौतर्फि आललोचना,फिर्ता गर्न सांसदको माग

काठमाडौं, कात्तिक २९ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले, राप्रपा नेपाल लगायतका साना दलले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचार खर्च बापत ५० लाख रुपैयाँ दिने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् ।

संसदको आजको बैठकमा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलका सांसदले सरकारको निर्णयको कडा शब्दमा विरोध गरेका हुन् ।

एमाले सांसदहरु प्रकाश ज्वालाले गृहमन्त्रीको दबाबमा सरकारले एकाएक यस्तो निर्णय गर्नु र सो निर्णय सरकारका प्रवक्ताले लुकाएको घटनाप्रति एमाले सांसद ज्वालाले विरोध गर्नुभयो ।

यस्तै यज्ञराज सुनुवारले कोइरालालाई उपचार खर्चको नाममा ५० लाख दिइनु भत्र्सनायोग्य काम भएको बताउनु भयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद दिलनाथ गिरीले विगतमा पूर्व प्रधानमन्त्री तुलसी गिरीलाई उपचारका लागि सहयोग रकम माग्दा वेवास्ता गरेको तर अहिले सत्ताका नजिक रहेका व्यक्तिलाई राज्यको ढुकुटीबाट रकम बाँड्ने कार्य गलत रहेको बताउनु भयो ।

विगतमा स्वास्थ्यमन्त्रीले सस्तो लोकप्रियताका लागि ठूला ठूला कुरा गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्नु लाजमर्दो विषय भएको उहाको भनाई छ ।

यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले आम जनताले आधारभूत औषधि उपचार नपाएर मृत्युवरण गर्नुपरेका बेला सरकारले सुजाता कोइरालालाई उपचार खर्च दिएर जनताको अपमान गरेको बताउनु भयो ।

नेमकिपाकी अनुराधा थापा मागरले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहालले सुजातालाई दिने भनिएको ५० लाख रुपैयाँ उपचार खर्च फिर्ता लिने प्रतिबद्धता सदन समक्ष जाहेर गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...