Loading...

बारामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौ ,२९ कार्तिक ।
बारामा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा निजगढ–५ का ३५ वर्षीया कल्पना गौतम रहेको छ । साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २ ख ९३४१ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको हो ।

ठक्कर दिने ट्रक र चालक निजगढ–८ बस्ने ५० वर्षीय जोखकुवर चौधरीलाई इलाका प्रहरी कार्यलय निजगढले नियन्त्रणमा दिएको प्रहरी निरीक्षक सुवासकुमार गैरेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...