Loading...

रोतहटमा हतियारधारी समुह र प्रहरीबीच भिडान्त, एकको मृत्यु

काठमाडौ २९ कार्तिक ।
रौतहटको लालबकैया नदीको बाँधमा आज बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा आएको ४–५ जनाको समूहलाई रोकी चेकजाँच गर्ने क्रममा भीडन्त हुँदा हतियारधारी समूहका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतियारधारी समूहको गोली लागी एक जना प्रहरी जवान पनि गम्भिर घाइते भएका छन् । हतियार भित्रिएको सूचना पाएपछि मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गरुडातर्फ जाँदै गरेको अवस्थामा हतियारधारी समुहलाई फेला पारेको थियो ।

हतियारधारी समुहलाई रोकी जाँच गर्नेक्रममा आफूहरुमाथि आक्रमण भएपछि जवाफी फाइरिङ गरेको प्रहरीको भनाई छ । घटनामा बारा बबुआइन घर भएका प्रहरी जवान सुरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् ।

हात, खुट्टा लगायत शरीरको विभिन्न भागमा गोलीको छर्रा लागेका चौधरीको गौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरिएको डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...