Loading...

संबिधान संशोधनमा भइरहेको ढिलाइबारे मोर्चाद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमान्डौ कात्तिक २९ ।  

मधेसी मोर्चा सहितको संघीय गठवन्धनले संबिधान संशोधनमा भइरहेको ढिलाइबारे आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । गठबन्धनका नेता उपेन्द्र यादवको नेतृत्वमा सिंहदरवार पुगेर गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

आफूहरुको माग सम्बोधनका लागि गर्ने भनिएको संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारले ढिलाइ गरेको भन्दै गठबन्धका नेताहरुले सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यलयमा पुगेर सरकारको ध्यानकर्षण गराएका हुन् ।

सो क्रममा गठबन्धनका नेताले आफूहरुको मागलाई सम्बोधन हुनेगरी संबिधान संशोधन प्रस्ताव ल्याउन ढिलाइ नगर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले संविधान संशोधनमा ढिलाई गरे आफूहरु आन्दोलनमा उत्रने समेत बताएका छन् ।

गठबन्धनले आफ्नो सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने भन्दै सरकारलाई थप १५ दिनको समय पनि दिएको छ । सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव मान्य नहुने गठबन्धनको अडान छ ।

जवाफमा प्रधानमन्त्री दाहालले संबिधान संशोधन प्रस्ताव भोलीसम्ममा संसदमा दर्ता गर्ने गरी तयारी भएको बताउनु भएको छ ।

उहाँले आफूले गत बिहीबार नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलको महाधिवेशनसम्म कुर्न आग्रह गरेपछि केही ढिला भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...