Loading...

आज विश्व मधुमेह दिवस मनाइदै

काठमान्डौ कात्तिक २९ ।
आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको यसवर्षको नारा मधुमेहबाट हुने समस्याबाट बचौ भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा आज विभिन्न सरोकारवाला संघ संस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठन र अन्तर्रा्ष्ट्रिय मधुमेह संगठनले सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन यो दिवस मनाउदै आएको छ ।

खानपान र जीवन शैलीलाई व्यवस्थित गर्न नसक्दा केही वर्षयता मधुमेह रोगी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा ३५ करोड भन्दा धेरैलाई मधुमेह लागेको र हरेक १० सेकेन्डमा ३ जना विरामी थपिने विश्व स्वास्थय संगठनको तथ्याङ छ ।

यस्तै विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जनाको मधुमेहका कारण मृत्यु हुने गरेको अन्तर्रा्ष्ट्रिय मधुमेह संगठनले जनाएको छ । नेपालमा पनि १० प्रतिशत मानिसमा मधुमेह रहेको संगठनको तथ्याङक छ ।

मधुमेह लागेकालाई मुटु, मिर्गौलामा संक्रमणको सम्भावना धेरै हुने चिकित्सकहरुको भनाइ छ । खानपान र जीवनशैलीमा ध्यान पुरयाए मधुमेहबाट बच्न सकिन्छ ।

चिकित्सकहरुका अनुसार सन्तुलित खाना, नियमित व्यायाम गरी शरीरमा तौल ठीक राख्ने र रगतमा ग्लुकोजको मात्रा बारे जानकारी राखी सन्तुलन मिलाउन सके मधुमेह रोग लाग्दैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...