Loading...

तरुण दलको नयाँ नेतृत्व चयन आज हुने

काठमाडौ २९ कार्तिक ।  

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको पोखरामा जारी चौथो महाधिवेशन अन्तरगत आज नेतृत्व चयन हुदैछ । महाधिवेशनको अन्तिम दिन आज दलको भावी नेतृत्त चयनको तयारी भइरहेको जनाएको छ ।

सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले सहमतिमा नेतृत्व चयन गर्न भन्दै गृहकार्य अघि बढाएको छ भने नेता कृष्ण सिटौला पक्षले तरुण प्रतिनिधिलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने भन्दै निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरेको छ ।

सिटौला पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरी उमेदवार सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । सहमतिमा नेतृत्व चयन गर्दा आफूहरुलाई बाइपास गर्न खोजिएको भन्दै सिटौला पक्षले असन्तुष्टी जनाएको छ ।

केहीबेरपछि सुरुहुने भनिएको बन्दसत्रबाट विधान पारित गर्ने तयारी भएको छ । नयाँ विधानमा प्रादेशिक संरचना अनुसार ७५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

विधान पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने तरुण दलका नेताहरुले बताएका छन् । महाधिवेशनमा भक्तपुर र सप्तरी बाहेकका ७३ जिल्लाबाट १४ सय प्रतिनिधि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...