
काठमाडौ २९ कार्तिक ।
संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन सरकारले आज मधेसी मोर्चासँग छलफल गर्दैछ । बिहान साढे १० बजेपछि सिंहदरबारमा हुने छलफलमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे मोर्चालाई जानकारी गराउने जनाएको छ ।
भोलीसम्ममा संसदमा संशोधन प्रस्ताव संसदमा दर्ता गराउने तयारी गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तावबारे आज मोर्चासँग छलफल गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार गम्भिर नदेखिएको भन्दै मोर्चाले पुनः आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन बारे औपचारिक छलफलको तयारी गरेको हो ।
सो क्रममा मोर्चाले आफूहरुको मागबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । मोर्चाले केही दिनदेखि आफ्ना माग पूरा गराउन आलटाल भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने प्रयास गरेपनि दाहालको व्यस्तताका कारण हुन सकेको थिएन ।
आन्दोलन र दलको माग पूरा गर्न सरकारले सीमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ । तर, मधेसी मोर्चाले भने आफूले सरकारलाई बुझाएको ११ बुँदे मागअनुसार संशोधन हुनुपर्ने बताइरहेको छ ।
सोम, कार्तिक २९, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको