Loading...

पुलमा श्रीमतिलाई पत्र लेखेर नदीमा हाम फालेको नाटक गर्ने प्रहरीको खोरमा

कार्तिक २८ चितवन । आईतबार दिनभर प्रहरी नदी किनारामा खोजी तथा उद्धारका लागि भनेर खटियो । नारायणी नदीको पुलमा श्रीमतिलाई लेखेको पत्र, नागरिकता भेटे पछि खोजी गरिएको थियो । प्रहरी र स्थानीयले मोरगं पथरी १ का तिलक लिम्बुले नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका गरेका थिए ।
तर उनी सो पत्र त्याहा लेखेर भरतपुरमा आएर लुकेर बसेका थिए । जसलाई आईतबार साझ प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
चितवन मेडिकल कलेज नजिकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...