Loading...

प्रचण्डलाई सुजाताको यत्रो माया किन लाग्यो ?

कार्तिक २८ काठमाण्डौं । काँग्रेस नेतृ सुजाता कोईरालाको उपचारका लागि ५० लाख रुपैया दिने सरकारी निर्णयको चौतर्फी विरोध शुरु भएको छ ।
कुनै पनि भिआईपीलाई १५ लाख भन्दा बढी उपचार खर्च नदिने श्वास्थ्य मन्त्री गगन थापाको निर्णय र असहमतिका कारण गृहमन्त्री बिमलेन्द्र निधि मार्फत आईतबार प्रस्ताव पेश गराई प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्बाट निर्णय गराएर ५० लाख रुपैया प्रदान गरेको भन्दै माओवादी भित्रै समेत असन्तुष्टी बढेको छ ।
माओवादी एक केन्द्रीय कार्यलयका सदस्यले हाम्रै प्रधानमन्त्रीले किन जनताको कुरा सुन्नु भएको छैन ? किन अन्धो जस्तो , कान नभएको जस्तो गरीरहनु भएको छ मैले बुझ्न सकेको छैन भन्दै प्रश्न गरेका छन् ।
नाम उल्लेख नगर्ने शर्ततमा उनले काग्रेस नेता समेत रहेका श्वास्थ्य मन्त्रीले नै हुदैन भनिरहेका बेला आखिर हाम्रा अध्यक्षलाई के को दया माया लागेको हो कि के भएको हो , सुजाताको यत्रो माया उहालाई किन लागेको हो ? उनले भने ।
यस निर्णयबाट श्वास्थ्य मन्त्री गगन थापामाथि समेत नैतिक संकट पारिएको छ । मन्त्री थापा आईतबारको मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुनु भएन ।
यसै गरी सामाजिक सञ्जालमा व्यापक रुपमा प्रचण्ड सरकारको ५० लाखको निर्णयको विरोध भईरहेको छ ।
कमजोर आर्थिक अवस्था भएका सामान्य नागरिक त्यसै मर्नु परेको अवस्था  रहेको भन्दै सञ्जाल प्रयोगकर्ताहरुले जो सगँ सामथ्र्य छ उसैलाई राज्यको ढुकुटीको पैसा बाडिएको चरम असन्तुष्टी र विरोध जनाईरहेका छन् ।
सुजाता कोईराला भने आजै सिंगापुर प्रस्थान गरेकी छन् । उनको प्रारम्भिक चरणको भनिएको स्तन क्यान्सरको त्याहा विस्तृत परीक्षण हुने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...