Loading...

भारतीय प्रतिबन्धित नोट साट्दा नेपाली सर्वसाधारण ठगिने सम्भावना

काठमाडौं, कात्तिक २८ ।

अर्थविदहरुले भारतले ५ सय र १ हजारका नाे६मा प्रतिबन्ध लगाएपछि नेपालमा सर्वसाधारणले अाफु सग भएकाे रकम साट्दा ठगिने सम्भावना बढेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

भारतीय ५ सय र एक हजार दरको नोट साट्ने र कालोबजारी बढेको भन्दै अर्थविद्हरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

उपत्यकासहित सीमावर्ती क्षेत्रमा सटहीको व्यापार बढेको भन्दै सर्वसाधारणलाई ठगीबाट बचाउन उनीहरुले आग्रह गरेका छन् । अर्थविद् डा. शंकर शर्माले नेपाल राष्ट्र बैंकले उच्च अधिकारी भारत पठाएर तत्काल भारतीय रुपैयाँ साट्ने अनुमती लिनुपर्ने बताउनु भयो ।

यस्तै अर्थविद् केशव आचार्यले भारतीय ५ सय र १ हजार दरको नोटमा भारतले लगाएको प्रतिबन्धले नेपालको अर्थतन्त्रमा असर नपार्ने भए पनि सर्वसाधारण मर्कामा परेको बताउनु भयो।

नेपाली बैंकिङ्ग क्षेत्रमा भारतीय ५ सय र १ हजार दरको नोट धेरै नभए पनि स्वास्थ्योपचारका लागिसहित विभिन्न प्रयोजनका लागि सर्वसाधारणसँग धेरै भारतीय रुपैयाँ रहेकाले त्यसको व्यवस्थापनतर्फ राष्ट्र बैंक र सरकार गम्भिर बन्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...