Loading...

बन्दका क्रममा पक्राउ परेका माओवादी कार्यकर्ताहरु रिहा

काठमाडौ २८ कार्तिक । नेकपा माओवादीले आह्वान गरेको देशव्यापि बन्द आज अपरान्हपछि खुलेको छ । बन्द खुलेसंगै पक्राउ गरिएका कार्यकर्ताहरुलाई रिहाई गरिएको छ । कतिपय ठाउमा रिहा हुन बाकी रहे पनि धेरै जसो कार्यकर्ता रिहा भएको जनाईएको छ ।
काठमाण्डौं उपत्यका सहित देशै भर पक्राउ परेका कार्यकर्ताहरु छोड्न शुरु गरिएको प्रहरीले जनाएको छ ।
महंगी, कालोबजारी मुल्यवृद्धिको विरोध एवं खाद्य सम्प्रभुत्ताको अधिकार स्थापनाको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले देशव्यापि बन्द गरेको हो ।

बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म भएको बन्दले देशभर निजी तथा सार्वजनिक सवारी साधन सन्चालन प्रभावित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...