Loading...

डा.गोविन्द केसी दशौ पटक अनशनमा

काठमाण्डौ,२८ कार्तिक ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा प्रा. डा. केशवप्रसाद सिंह नियुक्त गरेलगत्तै बिरोमा वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी आजबाट पुनः अनशन बस्नुभएको छ ।

आईओएमको डिन नियक्ति वरिष्ठताको आधारमा नभएको भन्दै चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा सुधारको माग राखि डा केसीले आजबाट दशौ पटक अनशन सुरु गर्नुभएको हो ।

पछिल्लोपटक आइओएममा बरिष्ठताका आधारमा डीन नियुक्त नभए आजबाटै अनशन बस्ने चेतावनी दिनुभएका केसी आज डिन नियुत्त भएकै दिनबाट अनशन बस्नुभएको छ ।

केसीले सिंहको नियुक्तिप्रति असन्तुष्टी जनाउदै केसिले आज अपरान्ह पत्रकार सम्मेलन गरि अनसन बस्ने जानकारी गराउनु भयो ।

वरिष्ठताको आधारमा सिंहलाई नभएर प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई डिन बनाउनु पर्ने उकसीको माग छ ।

नौ महिनादेखि खालि रहेको डिन नियुक्तिका लागी पुष्कर बज्राचार्यको संयोजकत्वको समितिले भने अग्रवाल वरिष्ठ भएपनि अख्तियारले भ्रष्टाचारको आरोपमा पत्राचार गरेकाले सिंहलाई नियुक्त गरेको जनाएके छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...