Loading...

तरुण दलको महाधिवेशनमा वन्दसत्र जारी

पोखरा कार्तिक २८ ।

नेपाली काग्रेसको भ्रातृसंगठन तरुण दलको चौथो महाधिवेशनमा वन्दसत्र जारी छ ।

पोखरा सभागृहमा जारी वन्दसत्रमा जिल्ला सभापतिहरुले संगठनको आगामी कार्य्दिशा, संघीय संरचना अनुरुपको सांगठनिक स्वरुप र आसन्न निर्वाचनमा संगठनको भूमिका लगायतका बिषयमा धारणा राखिरहेका छन् ।

विहान ८ बजेदेखि हुने भनिएको वन्दसत्र मध्यान्ह १२ बजेबाट मात्र सुरु भएको थियो । तरुण दलको नयाँ बिधान अनुसार प्रादेशिक संरचनाका आधारमा ७५ सदस्यीय केन्द्रिय कार्यसमिति बनाउने विषयमा छलफल भईरहेको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

हिजो उद्घाटन भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोली सकिने तरुण दलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...