Loading...

कैलाली र दोलखामा सवारी साधनमाथि आगजनी

काठमाडौं, कात्तिक २८ ।

नेकपा माओवादीका कार्यकर्ताले बन्द उलङघन गरेको भन्दै कैलालीको अत्तरियामा एउटा ट्रकमाथि आगजनी गरेका छन् ।
मोटर साइकलमा आएका दुई जनाले अत्तरिया नगरपालिका गेटमा गुडिरहेको से १ क ४३७ नम्बरको ट्रकमा आगो लगाएका हुन् ।

आगलागीका कारण ट्रक जलेर नष्ट भएको छ । ट्रक चालक सामान्य घाइते भएको जनाईएको छ ।

उता, दोलखामा घरमै पार्किङ गरेर राखिएको दुई वटा मोटरसाइकल र एउटा कार जलाइएको छ ।

अज्ञात समूहले बिहानै २ बजेतिर आगो लगाएर भागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...