Loading...

सिन्धुलीमा स्कारर्पियो गाडीमा आगजनी

रुद्र खड्का

सिन्धुली,२८ कार्तिक
विप्लव माओवादीका कार्यकर्ताले आज विहान सिन्धुलीमा एउटा गाडिमा आगजनी गरेको छ ।

काठमाडौबाट सिराहको गोलवजार तर्फ जार्दैँ गरको स.१.च. ११४४ नम्वरको स्कारर्पियो गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विहान करिव ४ बजेको समयमा काठमाडौबाट आउदैँ गरेको उक्त गाडिलाई सिन्धुली–खुर्कोट सडक खण्डको भद्रकालि–२ चियाबारीमा माओवादी कार्याकर्तालले आगजनी गरेको प्रहरीले बताएको छ ।

गाडीमा आगजनी गर्नेलाई पक्राउ गरी कारवाही गर्ने प्रहरी उपरिक्षक उमाशंकर पंजियारले वताए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...