Loading...

कार्यकर्ता रिहाईको माग गर्दै पोखरामा विरोध प्रदर्शन

काठमाडौ २८ कार्तिक ।
शान्तिपूर्ण बन्दका क्रममा कार्यकर्ता प्रकाउ गरेको विरोधमा नेकपा माओवादी कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ ।

एका बिहानै शान्तिपुर्ण रुपमा बन्दको अपिल गर्दै हिडेका आफ्ना मजदुर कार्यकर्ता अमृत शर्मा सापकोटालाई प्रकाउ गरेको भन्दै रिहाईको माग गरी उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

पक्राउ परेका कार्यकर्ता बिना शर्त रिहाईको माग गर्दै लखन चोकस्थित चाईना पुलमा टायर बालेर प्रदर्शन गरेको एक मजदुर नेताले बताएका छन् ।

मंहगी, भष्टचारको विरोध र खाध सम्प्रभुता अधिकार स्थापनाको माग गर्दै नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...