Loading...

एक जना रहेसम्म सडकमा झण्डा बोकेर उभिन सन्तोष बुढा मगरको निर्देशन

कार्तिक २८ काठमाण्डौं । खाद्य सम्प्रभुत्ता सहित विभिन्न मंहगी , भ्रष्टाचार कालो बजारीको अन्त्यको माग गर्दै आव्हान गरिएको नेपाल बन्दको दिन र पूर्व सन्ध्यामा देशैभरबाट कार्यकर्ता पक्राउ गरिए पछि सरकार विरुद्ध कडा आलोचना गर्दै माओवादी स्थायी समिति सन्तोष बुढा मगरले एक जना सडकमा रहेसम्म पनि पार्टीको झण्डा बोकेर उभिन र्काकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
उहाले आफूलाई लोकतन्त्रवादी भन्नेहरुले बन्द हड्ताल गर्न पाउने जनताको अधिकारलाई फासीवादी शैलीमा रात विरात, घरमा सुतिरहेको अवस्थाबाट , चिया खाईरहेको अवस्थाबाट पनि पक्राउ गरेर दमन गरेको भन्दै उनले जतिलाई पक्राउ गर्छन् गिराफ्तारी दिनुस्, तर एक जना पनि सडकमा बाकी रहनु भयो भने झण्डा उठाएर उभिनु होला बुढाले उपत्यका व्युरो मातमतका कार्यकर्ताहरुलाई निर्देशन गर्नु भएको व्यूरोका कार्यकर्ताहरुले बताएका छन् ।

बुढाले सरकारको यही चरित्र र प्रवृतिले गर्दा जनता प्रतिरोधमा जान बाध्य हुने भन्दै जनताको हक अधिकार कुल्चेर जाने सरकारलाई चेतावनी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...