Loading...

अमेरीकी राष्ट्रपति बराक ओबामाले चीनमा पाए जागिर !

एजेन्सी कार्तिक २८ । अमेरीकी राष्ट्रपति बराक ओबामा अब जनवरीबाट ८ वर्ष लामो शासनको बागडोर छाडेर बिदा हुदैछन् । त्यस पछि उनले के गर्छन् त भन्ने प्रसंगसगँ जोडेर अहिले एउटा भिडियो चीनीया सामाजिक सञ्जालमा भाईरल बनेको छ । जसमा बराक ओबामाले चीनको एक मोटर कम्पनीमा जागिर पाएको भन्ने छ ।
तर त्यो भीडियो खास अमेरीकी राष्ट्रपति ओबामा भन्दा चीनका एक जना ओबामा जस्तै अनुहार भएका व्यक्तिको हो । ३० वर्षका सिगुओ भनिने ती युवाले ओबामासगँ अनुहार मिल्ने भएका कारण उनको नक्कल गर्दै आएका छन् ।
त्यस भिडियो अनुसार अमेरीकी राष्ट्रपति ओबामाले कार्यलय छाडेका हुन्छन् । उनी एक होटलमा चीनीया अखबार पढ्दै गरेका हुन्छन् । सो अखबारको पहिलो पन्नामा ओबामाले कार्यलय औपचारीक रुपमा छाड दिए भनेर लेखिएको छ ।
यही बेला ओबामालाई अग्रेजीमा एउटा टेक्सट म्यासेज आउछ , जसमा लेखिएको छ , तपाईको लागि एउटा मिसन छ । जुन कारबाट संघाईबाट अत्जुसम्म गए पछि एएटा कार रेंटल कम्पनी आउछ । त्यसमा एएटा रेन्टल फर्म भरे पछि उनी सडकमा आउछन् । जनताले देखेर हैरान भएर ओबामा , ओबामा को नारा लगाउने छन् । यसरी जम्मा एक मिनटमा यो भिडियो सकिन्छ ।

obama-trump

यी नक्कली ओबामा को हुन् त?
उनको बारेमा आधिकारीक सार्वजनिक नभए पनि उनी शियाओ जुगुओ भएको दावी अन्य नागरिकले गर्दछन् । ३० वर्षका यी युवाले ओबामाको नक्कल गरेर पहिचान बनाएका छन् । यो भिडियोमा उनको अनुहार ठ्याक्कै ओबामाको जस्तो देखिन्छ ।
उनले ओबामाको ठ्याक्कै मिल्दो जुल्दो अभिनय गरे पछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता हैरान भए कि यो साच्चै पो हो कि क्या हो ? भनेर तर अन्ततः ती नक्कली ओबामा नै हुन् । यसलाई चीनीया युवाहरुर्ले एका तर्फ ओबामाको व्यंग्य अर्कोतर्फ उनको नीतिको विरोध जस्तो रुपमा अपनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...