Loading...

ठूला दल भनेको ब्वासो हुन्ः उपेन्द्र यादव

 कार्तिक २७ काठमाण्डौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनाउदा दलहरु ब्वासो भएको टिप्पणी गर्नु भएको छ । काग्रेस , एमाले र माओवादी प्रति लक्षित गरेर उहाले यस्तो टिप्पणी गर्नु भएको हो ।
संघीय समाजवादी नेवा संघले नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्य अध्यक्ष यादवले संघीय आयोगले सीमांकनको विषय मिलाउने दलीय प्रस्ताव झुक्याउने षड्यन्त्र भएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताउनु भयो ।
पूर्व र पश्चिमका पाँच जिल्लालाई विवादित जिल्ला मानी त्यसलाई टुंग्याउने जिम्मा संघीय आयोगलाई दिने तयारी प्रमुख दलहरूले गरिरहेको भन्दैे त्यस्तो प्रस्ताव कदापि मान्य नहुने उहाले बताउनु भयो ।
नेपाली नागरिक र उनका सन्तान नागरिकताबाट बन्चित हुन नहुने भन्दै अध्यक्ष यादवले स्पष्ट रुपमा माग सम्बोधन गर्ने गरी संविधान संसोधन गरिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...